दक्षिण कोरियाले लगातार दशौँ पटक विश्वकपमा स्थान


लेखक : सुन्दराञ्चल      माघ १९, २०७८ मा प्रकाशित     
दक्षिण कोरियाले लगातार दशौँ पटक विश्वकपमा स्थान

काठमाडौं १९ माघ । एसियाली राष्ट्र दक्षिण कोरिया आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ ।

विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणको खेलमा मंगलबार सिरियालाई २-० ले हराउँदै दक्षिण कोरियाले लगातार दशौँ पटक विश्वकपमा स्थान पक्का गरेको हो ।

सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाले सन् १९८६ देखि भने लगातार ९ पटक विश्वकप खेलिसकेको छ । सन् २००२ मा घरेलु मैदान र जापानमा भएको विश्वकपमा सेमिफाइनल पुग्नु दक्षिण कोरियाको सबैभन्दा उत्कृष्ट नतिजा हो ।

तेस्रो चरणको समूह ए को खेलमा दक्षिण कोरियालाई जित दिलाउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे । ५३ औं मिनेटमा किम र ७१ औं मिनेटमा क्वोनले गोल गरेका थिए ।

जितपछि ८ खेलबाट २० अंक जोडेको दक्षिण कोरिया दोस्रो स्थानमा छ । यसअघि नै शीर्ष स्थानको इरान विश्वकपमा छनोट भइसकेको छ ।

पछिल्लो खेलमा युएईलाई १-० ले पराजित गरेको इरान २२ अंकसहित शीर्ष स्थानमा छ ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोटअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई-दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् ।

समूह बी मा भने रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । जापानले साउदी अरेबियाको अपराजित यात्रा ब्रेक लगाइँदिदा अष्ट्रेलिया ओमानसँग बराबरीमा रोकिएको छ ।

मंगलबार जापानले साउदीलाई २-० ले हरायो भने अष्ट्रेलियाले ओमानसँग २-२ को बराबरी खेल्दै अंक बाँड्यो ।

पहिलो हारपछि पनि ८ खेलबाट १९ अंकसहित साउदी समूह बी को शीर्ष स्थानमै छ । १८ अंक जोडेको जापान दोस्रो स्थानमा छ भने अष्ट्रेलिया १५ अंकसहित तेस्रो स्थानमा छ  ।

विश्वकपमा छनोट हुन त्रिपक्षीय होड छ ।अनलाइनखबर

अहिलेसम्म छनोट भएका १ टिम

युरोप : फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स

दक्षिण अमेरिका : ब्राजिल, अर्जेन्टिना

एसिया : इरान, दक्षिण कोरिया

आयोजक : कतार

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap