कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुड्दा स्थानियले बस चालकलाइफुलमालाले सम्मान


लेखक : सुन्दराञ्चल      माघ १८, २०७८ मा प्रकाशित     
कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुड्दा स्थानियले बस चालकलाइफुलमालाले सम्मान

बाजुराःमाघ १८ कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुड्दा स्थानीय बासीखुसी भएका छन् । कर्णाली करिडोर राजमार्ग राम्रो भएपछि सुर्खेत काँक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेशको ण्द्द(ख ण्ज्ञठट नम्बरको बस उक्त रोडमा गुड्न थालेको हो ।

कालिकोट जिल्लाको कालिका गाउँपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णाली राजमार्गममा बस गुडाएको बस चालक सन्दिप लामिछाने बताए छन् ।

कालिकोटको नरहरी नाथ –८ खुलालु लालि घाट देखि बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको पिलुचौरमा बस पुगेको छ । उक्त ठाउँमा बस पुग्दा स्थानीयहरु खुसि हुदै बस चालक र बसका साउजी लाई फुलमालाले सम्मान गरेका छन् ।

बस चालक सहित चार जनाको टोली सडकको अवलोकन गदै हुम्ला जिल्लाको सरिल्ला पुग्ने बसका साउजी ओम प्रकाश तिवारीले बताएका छन् । उक्त करिडोरमा बस सेवा संचालन गर्नका लागि हामी चार जनालाई अवलोकन गर्न पठाएको बस चालकले बताए ।

यस भन्दा पहिले सो क्षेत्रमा ट्याक्टर ट्रक र जिप संचालन हुदै आइरहेका छन् । बाटो राम्रो भए पछि कानुनी प्रावधान अनुसार नियमित रुपमा बस सेवा संचाल गरिने बसका साउजी तिवारीले बताए।

सो क्षेत्रमा बस सेवा संचालन गर्दा स्थानीयहरुलाई सहजता हुने बताइएको छ । कर्णाली करिडोरमा जिप व्यवसायीहरुले लिने महङ्गो भाडाले गर्दा स्थानयीहरुलाई सास्थी खेप्नु परेको थियोे ।बस सेवा संचालन हुदाँ स्थानीयहरुले सस्तो भाडादरमा बसमा यात्रा गर्न पाउने भएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap