उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु


लेखक : सुन्दराञ्चल      माघ १८, २०७८ मा प्रकाशित     
उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

धनगढी माघ १८। सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सोमबार अस्पताल भर्ना भएका ती पुरुषको दिउँसो मृत्यु भएको जानकारी दिए । उनका अनुसार उनलाई दमको समस्या थियो भने सोमबार मात्र अस्पताल भर्ना गरिएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap