१५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम


लेखक : सुन्दराञ्चल      माघ १७, २०७८ मा प्रकाशित     
१५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम

जुम्ला माघ १७ , । गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागि उनीहरूले आवेदन दिएका हुन् ।

पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो । कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाएको हो । कार्यालय प्रमुख गोविन्द महतका अनुसार छनौट प्रक्रिया अघि बढाइएको छ । सो विषयमा जानकारी लिन कर्मचारी किसानको घरघरमा खटाइएको छ । प्रतिवेदन आएपछि भत्ता वितरण गरिने महतले बताए ।

५० भन्दा बढी भेडा पाल्ने किसानलाई मासिक एक हजार ५०० रुपैयाँका दरले वितरण गरिनेछ । जिल्लाका १५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम छ । रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ । उक्त कार्यक्रमका लागि ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ । रासस
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap