प्रधानमन्त्री देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण


लेखक : सुन्दराञ्चल      माघ १६, २०७८ मा प्रकाशित     
प्रधानमन्त्री देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण

काठमाडौं १६ माघ, । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।

शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।

कोरोना संक्रमणको अवस्थाका कारण शहीद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap