माघ १४आज पनि देशका केही भू(भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश(१ तथा बागमती प्रदेशको पहाडी भू(भागका एकरदुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको हो मौसम पूर्वानुमान महाशाखाका बताएका छन्।
आज राति पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ ।
शुक्रबार बिहान पहाडी भू(भागमा आंशिक बदली रही तराईका केही भू(भागमा हुस्सु र कुहिरो लागेको पनि महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।फरकधार