निर्वाचन कानुनका विषयमा आयोगले मन्त्रालयसँग छलफल गर्न


लेखक : सुन्दराञ्चल      माघ १४, २०७८ मा प्रकाशित     
निर्वाचन कानुनका विषयमा आयोगले मन्त्रालयसँग छलफल गर्न

काठमाडौं माघ १४। निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानून मन्त्रालयलाई बोलाएको छ । निर्वाचन कानुनका विषयमा आयोगले मन्त्रालयसँग छलफल गर्न लागेको हो ।

कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले आज साढे ११ बजे निर्वाचन आयोगले छलफलका लागि बोलाएको जानकारी दिए ।

निर्वाचन आयोगल स्थानीय तहको निर्वाचन आगामी बैशाखमै गर्नुपर्ने अडानमा छ । उसले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाव दिंदै आएको छ । तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले सरकारले मिति तोकेको छैन ।

बरु सरकारले संविधानसँग बाझिएका निर्वाचनसँग सम्बन्धी ऐनकानुन संशोधन गर्ने विषयमा कानुनका जानकारहरुसँग परामर्श लिंदै आएको छ ।अनलाइनखबर

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap