अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश


लेखक : सुन्दराञ्चल      माघ १०, २०७८ मा प्रकाशित     
अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश

 माघ १० अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश दिएको छ । रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताकाबीच त्यस क्षेत्रमा तनाव बढिरहेका बेला अमेरिकी विदेश मन्त्रालयको उक्त आदेश दिएको हो ।

अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक बाहेकका कर्मचारीलाई पनि युक्रेन छाड्न अनुमति दिएको छ । एक वक्तव्यमा उसले युक्रेनमाथि रुसले हमला गर्ने विवरणहरू आएको जनाएको छ । रुसले भने आफूले युक्रेनमाथि हमला गर्ने र उसलाई कब्जा गर्ने दाबीहरूको खण्डन गर्दै आएको छ ।

अमेरिकी विदेश मन्त्रालयले चाहिँ युक्रेनमा सुरक्षा अवस्था पूर्वानुमान गर्न नसक्ने खालको रहेको र सामान्य सूचनाकै भरमा त्यो एकदमै खतरनाक अवस्थामा पुग्नसक्ने बताएको छ । युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन् । -बिबिसी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap