आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रिँदै


लेखक : सुन्दराञ्चल      माघ २, २०७८ मा प्रकाशित     
आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रिँदै

माघ २,नेपालको आर्थिक अवस्था पछिल्लो पाँच महिनायता अझ बिग्रिँदै गएको तथ्याङ्क बाहिरिएको छ । गत बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रिँदै गएको तथ्य बाहिर ल्याएको हो । राष्ट्र बैंकको सार्वजनिक तथ्याङ्क अनुसार अर्थतन्त्रको बाह्य क्षेत्रहरू बिग्रिँदै गएको देखिएको हो । मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन् ।

मुलुकमा भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने २ खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।

चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा १५० अर्ब शोधनान्तर घाटा रहेको थियो । तर, पछिल्लो एक महिनाको अन्तरमा मात्रै ४५ अर्ब रुपैयाँले शोधनान्तर घाटा बढेको हो । ५ महिनाको अवधिमा ४५ अर्बले शोधनान्तर घाटा बढेर शोधनान्तर स्थिति १९५ अर्ब घाटामा गएको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षमा लगातार रूपमा शोधनान्तर घाटामा गइरहेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको छ।

चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा चालू खाता ३ खर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २३ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालू खाता चालू आवको ५ महिनामा २ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको छ ।

मंसिरसम्ममा पूँजीगत ट्रान्सफर २.४ प्रतिशतले घटेर ४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । त्यस्तै, पछिल्लो समय नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भएको छ । ५७ प्रतिशतले वृद्धि भएर ७ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रहेको थियो ।

त्यस्तै, विदेशी मुद्राको सञ्चिति पनि चालू आर्थिक वर्षमा निरन्तर रूपमा घटिरहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको  विवरण अनुसार मंसिरसम्म सञ्चिति १२ खर्ब १४ अर्ब ३ करोडमा झरेको छ । अघिल्लो महिनाभन्दा सञ्चिति ३० अर्ब ८२ करोड रुपैयाँले घटेको छ ।

चालू आवमा मात्र सञ्चिति १ खर्ब ८५ अर्ब रुपैयाँले घटेको तथ्याङ्कले देखाएको छ । नेपालमा विदेशी मुद्रा सञ्चिति कुनै समय बढेर १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो । त्यस हिसाबले अहिलेसम्म २ खर्ब ९२ अर्ब रुपैयाँले घटिसकेको छ । कोरोना महामारीको समयमा समेत नेपालमा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ थियो ।

त्यस्तै चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स ६.८ प्रतिशतले घटेको छ । गत कात्तिक महिनाको तुलनामा मंसिरमा बढेपनि गत वर्षको सोही अवधिको भन्दा घटेको छ ।

गत कात्तिक महिनामा ७३ अर्ब १० करोड भित्रिएको रेमिटेन्स मंसिरमा ७६ अर्ब १६ करोड भित्रिएको छ । यद्यपि गत वर्षको मंसिरमा ७९ अर्ब ९ करोड रुपैयाँ भित्रिएको थियो ।

यसरी चालू आर्थिक वर्षको ५ महिनामा ३ खर्ब ८८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको मासिक तथ्याङ्क अनुसार मंसिरसम्ममा ३ खर्ब ८८ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको हो । रेमिट्यान्स गत साउनयता लगातार घटिरहेको छ ।

रेमिट्यान्स गत साउनमा १८.१, भदौमा ६.३, असोजमा ७.६, कात्तिकमा ७.५ र मंसिरमा ६.८ प्रतिशत घटेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई २ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशत बढेको थियो ।

तर, यता चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्यांकअनुसार निर्यात १०५.६ प्रतिशतले बढेर १०२ अर्ब ९२ करोडले निर्यातमा वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो । तथ्यांक अनुसार भारतमा १३८ तथा अन्य मुलुकतर्फ हुने निर्यात २८.५ प्रतिशतले वृद्धि भएको छ । अन्य गन्तव्यको निर्यातमा वृद्धि हुँदा चीनतर्फको निर्यातमा १.४ प्रतिशतले कमी आएको छ ।

त्यस्तै, आर्थिक वर्षको पाँच महिनामा कूल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई ८३८ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकको आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ ।

चालू आवको पाँच महिनामा कूल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई ७३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात/आयात अनुपात १२.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो ।

यता, चालू आर्थिक वर्षको पाँच महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.७ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी (कर्जा प्रवाह) ११.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.९ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी वृद्धिदर ३०.१ प्रतिशत छ ।

त्यस्तै, चालू वर्षको मंसिर महिनामा नेपालको मूल्य वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धि) ७.११ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको सोहि महिनाको तुलनामा ४.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७७ को मंसिरमा नेपालको मूल्य बृद्धिदर २.९३ प्रतिशत रहेको थियो । फरकधार

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap