पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला


लेखक : सुन्दराञ्चल      माघ २, २०७८ मा प्रकाशित     
पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला

काठमाडौं २ माघ,  । धादिङको रुबी भ्याली गाउँपालिका-१ मा गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । अन्य दुई जनाको अवस्था अझै अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी एवम् प्रवक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न डोजरका सहचालक काभ्रेका राजु तामाङको शव फेला परेको हो । राजुको शवलाई आज आफन्तको जिम्मा लगाउने तयारी छ ।हिरोमा पुरिएका डोजर चालक आकाश तामाङ र स्थानीय अनिश तामाङको खोजी कार्य जारी रहेको डिएसपी भण्डारीले जानकारी दिए ।

रसुवा-तिप्लिङ सडकखण्डमा जोडिने बाटो खन्ने क्रममा गत बिहीबार पहिरो खस्दा डोजरसहित तीनजना पुरिएका थिए । पहिरो गएको स्थान दुर्गम र साँघुरो खोल्सो जस्तो भएकाले खोज्न कठिन भइरहेको प्रहरीले जनाएको छ । सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा सक्रिय छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap