‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई आरक्षण दिने कि नदिने ?’


लेखक : सुन्दराञ्चल      अशोज १०, २०७८ मा प्रकाशित     
‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई आरक्षण दिने कि नदिने ?’

१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई आरक्षण दिने कि नदिने ? भन्ने विषयमा सामान्य छलफल भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालका अनुसार चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीका लागि ‘संस्थागत कोटा’ भनेर छुट्टै मेरिटमा प्रतिस्पर्धा गर्न पाउने अभ्यास छ । तर, चिकित्सा शिक्षा आयोगले कोटा निर्धारण गर्दा संस्थागत कोटालाई समावेश गरेको छैन ।

चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीहरुले भने विगतमा पाउँदै आएको सुविधा निरन्तर हुनुपर्ने माग राखेका छन् । के गर्ने भन्ने विषयमा कुनै निचोड निस्किन नसकेको शिक्षा मन्त्रालयका सहसचिव लम्सालले जानकारी दिए । ‘कर्मचारीहरु पहिले पाउँदै आएको सुविधा पाउनुपर्छ भनेर माग्ने, चिकित्सा शिक्षा आयोगले दिन नसकिने भनी जवाफ दिनेजस्तो भइरहेको छ,’ बैठकमा उनले भने ।

छलफलमा सांसदहरुले पनि विगतमा पाउँदै आएको सुविधा पाउनुपर्छ भनी कर्मचारीहरुले माग गर्नु स्वभाविक भएको र यस्ता सुविधाले कर्मचारीहरुलाई प्रोत्साहन मिल्ने बताए । माग गर्नु स्वभाविक भएको र यस्ता सुविधाले कर्मचारीहरुलाई प्रोत्साहन मिल्ने बताए ।

शिक्षा तथा स्वास्थ्य समितिले विषयमा छलफल गरेर ठोस निर्देशन दिने तयारी गरेको छ । समिति सभापति जयपुरी घर्तीका अनुसार यही असोज १२ बजे बिहान ११ बजे चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई आरक्षण दिने कि नदिने ? भन्ने विषयमा थप छलफल हुनेछ ।

उक्त बैठकमा शिक्षा मन्त्रालयका अधिकारीहरु, चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसहितका पदाधिकारीहरु सहभागिता रहनेछ । ‘त्यहीं छलफल गरेर एउटा निष्कर्ष निकाल्छौं,’ सभापति घर्तीले भनेकी छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap