सुदूरपश्चिमका ४८७ वडामा कांग्रेसको नयाँ नेतृत्व चयन


लेखक : सुन्दराञ्चल      भदौ २५, २०७८ मा प्रकाशित     
सुदूरपश्चिमका ४८७ वडामा कांग्रेसको नयाँ नेतृत्व चयन

२५ भदौ, धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ । कैलाली, बाजुरा र डडेल्धुरा बाहेकका जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गर्दै चार सय ८७ वडामा नयाँ नेतृत्व चयन गरेको छ ।

दार्चुलाका ६१ वडा, बैतडीका ८४ वडा, डोटीका ६५ वडा, अछामका ९१ वडा, बझाङका ९४ वडा र कञ्चनपुरका ९२ वडामा अधिवेशन सकिएको कांग्रेसले जनाएको छ । अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको बताउँदै केही स्थानमा भने मतदान गर्नुपरेको सम्बन्धित जिल्लाले जनाएका छन् ।

तर कैलाली र बाजुरामा क्रियाशील सदस्यको नामावली नै प्रकाशन नभएपछि अधिवेशन अनिश्चित बनेको छ भने कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापति कर्णबहादुर मल्लको बहिष्कारका बीच शुक्रबार वडा अधिवेशन हुँदैछ ।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली ९ जिल्लामध्ये सबैभन्दा ठूलो हो । १३ वटा स्थानीय तह रहेको कैलालीमा एक सय २६ वडा रहेका छन् । ९ वटा स्थानीय तहका ६९ वडा रहेको बाजुरामा समेत क्रियाशील सदस्यताको टुङ्गो नलाग्दा वडा अधिवेशन हुन सकेको छैन । जिल्ला सभापति कविराज पण्डितले एक÷दुई दिनमा क्रियाशील सदस्यहरुको नामावली प्रकाशन हुने सूचना प्राप्त भएको बताउँदै त्यसपछि वडा अधिवेशनको मिति तय गरिने जानकारी दिए ।

पार्टी गुटको अधिवेशन हामी मान्दैनौं : जिल्ला सभापति मल्ल

नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जिल्ला कमिटीले स्थगित गरेको अधिवेशन जबर्जस्ती एउटा गुटको सहभागितामा गराइएको भन्दै स्वीकार नगर्ने बताएका छन् ।  ‘मतदाता नामावदी विवादका कारण जिल्ला कमिटीले वडा अधिवेशन स्थगित गरेको छ,’ मल्लले अनलाइनखबरसँग भने, ‘निर्वाचन समितिले एकतर्फी ढंगबाट एउटा गुटको सहभागितामा अधिवेशनका प्रक्रिया अगाडि बढाएको छ । एउटा गुटको सहभागितामा गरिएको पार्टीको अधिवेशन हामी मान्दैनौं ।’

उनले धेरै ठाउँमा वडा सभापतिले समेत सूचना जारी गरेर अधिवेशन स्थगित गरेको बताउँदै बहुसंख्यक सदस्यले समेत अस्वीकार गरेको जनाए । प्रहरी परिचालन गरेर गरिएको अधिवेशन कुनै पनि हालतमा स्वीकार गर्न नसकिने तर्क उनको छ ।

गत भदौ २२ गते जिल्ला सभापति मल्लले सूचना जारी गर्दै अधिवेशन गर्न नसकिने परिस्थिति सिर्जना भएको भन्दै स्थगित भएको घोषणा गरेका थिए । तर निर्वाचन अधिकृत लोकेन्द्र बमले भने अधिवेशनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेका थिए । सभापति मल्ल वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap