विवाहित छोरीलाई आज अष्टिम्कीको ‘अग्रासन’ दिइदैं


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
विवाहित छोरीलाई आज अष्टिम्कीको ‘अग्रासन’ दिइदैं

धनगढी, १५ गते । थारु समुदायले आज आफ्ना विवाहित छोरीचेलीलाई ‘अग्रासन’ (खानाका परिकारको उपहार) दिएर अष्टिम्की पर्व मनाइरहेका छन् । व्रतालुहरुले आफू खानु अगावै एक भाग निकालेर राखेको विभिन्न खानाका परिकार विवाहित छोरीचेलीलाई उपहारको रुपमा दिने चलन छ । यसलाई थारु भाषामा अग्रासन भनिन्छ ।

यो उपहार विवाहित छोरीचेलीका लागि अति नै महत्वपूर्ण रहेको भजनी नगरपालिका–२ का गंगा चौधरीले बताए । ‘हाम्रा छोरीचेलीहरु आजको दिन माइतीको अग्रासन कुरेर बसेका हुन्छन्’, उनले भने । ‘अग्रासन नपाएमा उनीहरु निराश हुने गर्दछन् ।’

अग्रासनमा फलफूल, भात, फूलौरी, हलुवा, भात, गेडागुडी, माछा लगायतका परिकार रहने गर्दछ । अष्टिम्कीको पहिलो दिन पानीसमेत नखाएर निराहार व्रत बसेकाहरु आज अन्नसहित मिठा–मिठा परिकार खाने गर्दछन् । यसलाई ‘फह«ार’ भन्ने गरिन्छ । माइती पक्षबाट अग्रसान दिन आएकाहरुलाई विवाहित छोरीचेलीले उच्च सम्मानका साथ स्वागत सत्कार गर्ने चलन छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap