बैतडीमा मलामी गएका ५ जना खोलाले बगायो, ४ को उद्धार, एक बेपत्ता


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
बैतडीमा मलामी गएका ५ जना खोलाले बगायो, ४ को उद्धार, एक बेपत्ता

बैतडी१३ भाद्र । बैतडीमा आफन्तको मलामी गएका एक जना खोलामा डुबेर  बेपत्ता भएका छन् । आज बिहान १० बजे जिल्लाको सिगास गाउँपालिका वडा २ का अन्दाजी २६ बर्षिय प्रकाश सिह धामीलाई माडौ खोलाले बगाउदा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भैरहेको आफन्त राजेन्द्र धामीले जानकारी दिनुभयो ।

यस्तै ,मलामी गएका अन्य ४ जनालाई पनि खोलाले बगाएको थियो । उनिहरुको संगै गएका मलामीहरुले सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो ।
वडा नम्बर २ का नरेन्द्र सिह धामी , बिरेन्द्र सिह धामी , नन्द धामी र बिरेन्द्र धामीको ५० मिटर तलबाट सकुशल उद्धार गरिएको स्थानिय धामीले जानकारी दिनुभयो । खोजीकार्यका लागि गाँजरी प्रहरी चौकीबाट सहायक प्रहरी निरिक्षक विर बहाद्र कार्कीको नेतृत्तवमा प्रहरी टोली घटनास्थल तर्फ गईरहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap