शल्यक्रियापछि अभिषेक बच्चनले भने, ‘‘मर्द’लाई ‘दर्द’ हुन्छ’


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
शल्यक्रियापछि अभिषेक बच्चनले भने, ‘‘मर्द’लाई ‘दर्द’ हुन्छ’

बलिउड अभिनेता अभिषेक बच्चनलाई फिल्मको सेटमा चोट लागेको  छ । उनको हात भाँच्चिएको छ जसका कारण उनको शल्यक्रिया गर्नुपरेको छ । अभिषेक बच्चनले इन्स्टामा आफ्नो फोटो सेयर गरेर चोट लागेको जानकारी दिएका छन् । अभिषेक बच्चनको दायाँ हात भाँच्चियो, भयो शल्यक्रियाःअभिनेताले लेखे, ‘अघिल्लो बुधबार चेन्नईमा नयाँ फिल्मको सुटिङका बेला सेटमा दुर्घटना भयो । मेरो दायाँ हात भाँच्चियो । यसका लागि शल्यक्रिया गर्नुपर्यो । यसैकारण मुम्बईस्थित आफ्नो घरमा छोटो यात्रा गरेँ । शल्यक्रिया भयो । अब पुनः चेन्नईमा काममा फिर्ता हुँदैछु । भन्छन् नि… शो चलिरहनुपर्छ । मेरा पिताले भन्नुहुन्छ नि ‘मर्द’ लाई ‘दर्द’ हुँदैन । ओके ओक थोरै ‘दर्द’ हुन्छ । तपाईंहरु सबैको प्रार्थना र मेरो शीघ्र स्वास्थ्य लाभका लागि गर्नुभएको मेसेजका लागि धन्यवाद ।’

अभिषेकले जुन फोटो सेयर गरेका छन्, त्यसमा उनको हातमा प्लास्टर राखिएको देखिएको छ । अभिषेकको यो पोस्टमा बलिउड सेलिब्रिटीसमेत थुप्रै प्रशंसकले मेसेज गरेका छन् ।

अभिषेक बच्चन थुप्रै प्रोजेक्टमा देखिनेछन् । उनी बब विश्वासमा देखिनेछन् जसलाई शाहरुख खानको प्रोडक्सन ब्यानर रेड चिलिज इन्टरटेन्मेन्टद्वारा निर्माण गरिँदै छ । यो फिल्म सन् २०१२ को थ्रिलर फिल्म कहानीको स्पिन अफ हो । अभिषेक बच्चन देवसी मूवीमा पनि काम गरिरहेका छन् । यो एउटा सोसल कमेडी मुभी हो । यसलाई रितेश शाहले लेखेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap