सशस्त्र प्रहरीबल सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरले बुधबार आज अबैध भन्सार छलिको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीबल सीमा सुरक्षा गुल्म गड्डाचौकीका सशस्त्र प्रहरी नायब उपरिक्षक जनक राज उपाध्यायको नेतृत्वमा खटियको सात जनाको मोबाईल प्रहरी टोलीले १० लाख मुल्य बराबरको अबैध सामान बरामद गरेको हो । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं ४ भासी र भिमदत्त नगरपालिका १० भन्सार रोडबाट उक्त सामान बरामद गरिएको प्रहरी उपरीक्षक उपाध्यायले बताउनु भयो । नेपालको सिमा नाकामा ल्याई बेवारिसे अवस्थामा छोडेको लेडिज कुर्ता सुर्वाल ,किरानाका सामान , ईलेक्ट्रोनिक सामानहरु पक्राउ गरेको हो । पक्राउ गरिएको सामान भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको समेत उपाध्यायले बताउनु भयो ।