धनगढीको नाष्ट कलेजले मनायो रजत जयन्ती


लेखक : सुन्दराञ्चल      बैशाख ६, २०८२ मा प्रकाशित     
धनगढीको नाष्ट कलेजले मनायो रजत जयन्ती

धनगढी बैशाख ६, कैलालीको धनगढीमा रहेको नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट कलेज) ले आफ्नो रजत जयन्ती भव्य रूपमा सम्पन्न गरेको छ।

कलेज स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाइएको हो। कलेज सञ्चालक समितिका अध्यक्ष डा. चेतराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँ प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।

प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेशको शिक्षा क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै विज्ञान तथा प्रविधिमा नाष्ट कलेजले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले यहाँबाट उत्पादन हुने दक्ष जनशक्तिलाई मुलुकको समृद्धि र विकासमा योगदान पु¥याउन आह्वान गर्नुभयो। साथै, गुणस्तरीय शिक्षा र प्रविधिप्रति विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा प्रदेशका अर्थ राज्य मन्त्री प्रकाश बम, कलेज व्यवस्थापन समिति सदस्य, विद्यार्थी, अभिभावक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। रजत जयन्ती समारोहका अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरू, प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा विभिन्न प्रतिभाहरूको प्रस्तुति गरिएको थियो। हाल नाष्ट कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap