चैतन्य पाठशाला परिसरमा २२ जनाद्वारा रक्तदान


लेखक : सुन्दराञ्चल      बैशाख ६, २०८२ मा प्रकाशित     
चैतन्य पाठशाला परिसरमा २२ जनाद्वारा रक्तदान

बैशाख ६  कैलाली ,धनगढी स्थित चैतन्य पाठशालामा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन । नया बर्ष २०८२ को अवसर पारेर ‘रक्तदान जीवनदान, मानव सेवाका लागि चैतन्य अभियान’ भन्ने नाराका साथ आज आयोजित रक्तदान कार्यक्रममा पहिलो पटक ७ जना सहित २२ जनाले रक्तदान गरेको सुदुरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दुत एबम चैतन्य पाठशालाका रक्तदान संयोजक दीपक उपाध्यायले जानकारी दिए ।

पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरुलाई स्वास्थ्य दुत उपाध्यायले काउन्सिलिङ गरेका थिए । पहिलोपटक रक्तदान गर्ने रक्तदाताहरुले अबदेखि नियमित रुपमा ३/३ महिनामा रक्तदान गर्ने प्रण गरेको उपाध्यायले बताए । गर्मियाम सुरु भएसंगै बिरामीको संख्या बढ्ने र उपचारका लागि चाहिने रगतको सहजताका लागि पाठशाला परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको चैतन्य पाठशालाका सिईयो गणेश प्रसाद जोशीले बताए । उनले पाठशालाले मासिक रुपमा रक्तदानका कार्यक्रम आयोजना गर्दै आइरहेको समेत जानकारी दिए । रक्तदानमा सहभागि सम्पुर्णलाई स्वास्थ्य दुत उपाध्याय र चैतन्य पाठशालाका सिईयो जोशीले प्रसंशा पत्र प्रदान गरेका थिए । धनगढी स्थित प्रादेशिक रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रमको प्राबिधिक सहजिकरण गरेका थिए ।

तस्बिरहरु

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap