धनगढी चैत २६, ‘धनगढी हाफ म्याराथन’ को मुख्य प्रायोजकको रुपमा धनगढीस्थित चैतन्य पाठशालाले साथ दिने भएको छ । धनगढी जेसिसको आयोजनामा आगामी २०८२ वैशाख १ गते हुने म्याराथनको मुख्य प्रायोजकमा चैतन्यले साथ दिने भएको हो ।
मुख्य प्रायोजक भएबाफत चैतन्य पाठशालाले प्रथम पुरुस्कार तथा एक हजार टिसर्ट उपलब्ध गराउने धनगढी जेसिस २०२५ का कार्यकारी उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दीपक गौतमले जानकारी दिए ।धनगढी हाफ म्याराथनको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए । त्यस्तै हाप म्याराथनको मुख्य प्रर्बधकको रुपमा जेसिस एभरेष्ट इङ्लिस स्कुल रहेको उनले बताए । धनगढी हाफ म्याराथन धनगढी चौराहादेखि सुरु भएर गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड हुँदै पुनः धनगढीको मिलनचोक पुगेर धनगढी चौराहमै पुगेर समापन हुने उनले बताए ।
प्रतियोगिताअन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना गरिने जनाइएको छ ।
दुई वटै विधाका विजेताले नगद ७ हजार ५ सय, उपविजेताले नगद ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय प्राप्त गर्ने प्रतियोगिता संयोजक गौतमले बताए । उनले प्रतियोगितामा सहभागिताका लागि विभिन्न स्थानहरुबाट धमाधम फाराम वितरण भइरहेको र सबैलार्ई सहभागीताका लागि अपील पनि गरे ।
