काठमाण्डौँमा शिक्षकहरुको नयाँ चरणको आन्दोलन सुरु..


लेखक : सुन्दराञ्चल      चैत्र २०, २०८१ मा प्रकाशित     
काठमाण्डौँमा शिक्षकहरुको नयाँ चरणको आन्दोलन सुरु..

 चैत २१ ,विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरका शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । यसका लागि देशैभरबाट शिक्षकहरु काठमाडौ पुग्नेक्रम जारी छ ।

शिक्षक महासंघको अगुवाइमा सुरु आन्दोलनको पहिलो दिन बुधबार र्‍याली निकालिएको शिक्षकहरुले जनाएका छन । महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीका अनुसार र्‍यालीमा एक लाखबढी शिक्षक कर्मचारी सहभागी हुने अनुमान छ । गत शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको आन्दोलन हिंसात्मक बनेपनि आफूहरुको आन्दोलन शान्तिपूर्ण बनाउन करिब ८ सय स्वयंसेवक परिचालन गरिएको उनको भनाइ छ ।

विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरु पुनः आन्दोलित बनेका हुन् । सहमतिअनुसार ऐन जारी भए तत्काल आन्दोलन स्थगित गर्ने उनीहरुको प्रतिबद्धता छ । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग सरकारले असोज ५ गते ६ बुँदे सहमति गरेको थियो । तर आफूहरुको माग सम्बोधन हुने गरी तयार विधेयक संसदको शिक्षा समितिमा थन्क्याइएको दाबीसहित शिक्षकहरुले दबाबमूलक कार्यक्रम थालेको बताएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap