धनगढी चैत १८, नेपाल पत्रकार महासंघ कैलालीले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । आज कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हामाल मार्फत सो ज्ञापनपत्र बुझाएको हो ।
यही १५ गते काठमाडौमा राजाबादी आन्दोलनको हिंसात्मक आन्दोलनमा आराजक मानिसको भिडले संचारगृह तोडफोड, पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको र पत्रकार माथी हातपात र कुटपिट गरिएकोले सरकारको ध्यानार्कषण गराउन ज्ञापन पत्र बुझाएको नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउबाले जानकारी दिए ।
