धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको विजयी


लेखक : सुन्दराञ्चल      चैत्र ५, २०८१ मा प्रकाशित     
धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको विजयी

धनगढी,चैत्र ६। धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) चुनावमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ ।

ऐश्वर्य बहुमुखी क्याम्पसमा मंगलबार सम्पन्न भएको स्ववियु निर्वाचनबाट नेपाली कांग्रेस निकट नेविसंघले सभापतिसहितका पदमा क्लीन स्वीप गरेको छ।

अन्तिम मतपरिणामअनुसार नेविसंघका दिपकराज भट्ट विजयी भएका छन्।भट्ट प्रतिद्धन्द्धी एमाले निकट अनेरास्ववियुका दिपेन्द्र भट्ट (दिपिन) लाई पराजीत गर्दै विजयी भएका हुन्।

नेविसंघका दिपकले ५३३ र उनका प्रतिद्धन्द्धी दिपेन्द्रले ४२५ मत प्राप्त गरेका छन्। माओावादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विकास बिष्टले ४०२ मत पाएका छन् । सचिवमा नेविसंघका देबेन्द्र बोहरा(डेभिड) र कोषाध्यक्षमा सञ्जिताकुमारी चौधरी विजयी भएका छन्।

निर्वाचन समितिले आधिकारीक रुपमा अन्तिम मतपरिणाम घोषणा गर्न भने बाँकी छ। यसअघि ऐश्वर्य बहुुमुखी क्याम्पसको स्ववियु सभापतिसहितका पदमा एमाले सम्बद्ध अनेरास्ववियुुले प्यानलसहित जितेको थियो तर यो पटक भने नेविसंघले क्लीन स्वीप गर्दै अनेरास्ववियुको बिरासत भत्काएको छ । नेविसंघले ऐश्वर्य बहुमुखी क्याम्पसको नतिजालाई ऐतिहासिक भनेको छ। यो सँगै नेविसंघले कैलालीका पाँच क्याम्पसमा स्ववियु चुनावको नतिजा आफ्नो पक्षमा पारेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap