परशुराम नगरपालिका–६, तातापानीमा तीन दिदीबहिनी बसिन आमाको किरिया


लेखक : सुन्दराञ्चल      चैत्र ४, २०८१ मा प्रकाशित     
परशुराम नगरपालिका–६, तातापानीमा तीन दिदीबहिनी बसिन आमाको किरिया

चैत ५,डडेल्धुराको परशुराम नगरपालिका–६, तातापानी माइतीघर भएका रोहिता कठायत, दुरा थापा र मानमती कार्की आमाको किरियामा बसेका छन् । आमा राधादेवी खड्काको १ चैतमा मृत्यु भएपछि उनीहरू किरिया बसेका हुन् ।
उनीहरूका ७९ वर्षीय बुवा खड्कसिंहको अपाङ्गता भएका व्यक्ति हुन् । दाजुभाइ पनि छैनन् । आमाको मृत्युले विक्षिप्त भएका उनीहरू आमाको शव बोकेर घाटसम्म पुग्न नसके पनि अहिले काज किरियाका सबै परम्परा निभाइरहेका छन् ।
चार दिदीबहिनीमा कान्छी रहेकी रोहिताका अनुसार मृत्युअघि नै राधादेवीले छोरीलाई किरिया गरिदिनु भनेकी थिइन् । ‘चारै जना दिदीबहिनी किरिया बस्न तयार थियौँ,’ उनले भनिन्, ‘जेठी दिदी बिर्मा बडुवाल महिनावारी भएपछि किरियामा बस्न पाउनुभएन । हामी तीन दिदीबहिनी किरियामा बसेका छौँ । बाजे भाइतर्फका एक जना दाइ पनि किरिया बस्नुभएको छ ।’
बिर्मा, मानमती, दुरा र रोहिताको बिहे भइसकेको छ । आमा बिरामी भएपछि चारै दिदीबहिनी फागुनमै माइती घर तातापानी पुगेका थिए । त्यहाँ दश दान सक्काएर उनीहरू घरतर्फ लागेका थिए । घर पुगेको एक दिनमै आमाको मृत्युको खबर पाएपछि उनीहरू माइतीघर पुगेर किरियामा बसेका हुन् ।
खड्क सिंहका दाइको एक वर्षअघि मात्रै मृत्यु भएको थियो । उनको मृत्युको वर्ष दिन नपुगेकाले उनीतर्फका छोराले किरिया बस्न पाएनन् । ‘मृत्युपछि हामी आफैँ पनि किरियाका लागि तयार भइसकेका थियौँ,’ रोहिताले भनिन्, ‘छोरीले किरिया बस्नुहुन्न भन्ने कुरा कतैबाट पनि आएन । ब्राह्मणले पनि छोरी पनि छोरा जत्तिकै हुन् किरिया बस्दा हुन्छ भन्नुभयो ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap