बाजुरामा कर्णाली नदीमा माछा मार्न जाने क्रममा एक जनाको भीरबाट खसेर मृत्यु


लेखक : सुन्दराञ्चल      फाल्गुन २६, २०८१ मा प्रकाशित     
बाजुरामा कर्णाली नदीमा माछा मार्न जाने क्रममा एक जनाको भीरबाट खसेर मृत्यु

 फाल्गुन २६, बाजुरामा कर्णाली नदीमा माछा मार्न जाने क्रममा एक जनाको भीरबाट खसेर मृत्यु भएको छ । आइतबार साँझ कर्णालीमा माछा मार्न गएका स्वामीकार्तिक खापर गाउँपालिका-२ फयल गाउँका अन्दाजी ४० वर्षीय पुसे भण्डारीको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले भीरबाट खसेका भण्डारीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनकाअनुसार भीरबाट कर्णाली नदीको किनारमा खसेका भण्डारीको मृत्यु भएपनि शव भएको ठाउँसम्म प्रहरी पुग्न सकेको छैन् ।

अहिले प्रहरी चौकी जुद्दी र इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षक लोकराज अवस्थी नेतृत्वको टोली घटना भएको ठाउँसम्म पुगेको छ ।

मृतकको शव नदीको पारीपट्टी भएकाले कर्णाली तर्न सक्ने अवस्था छैन् । भण्डारीको शव भएको ठाउँसम्म पुग्न बोट वा ट्युबको व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap