यस्तो रहनेछ आज देशभरको मौसम


लेखक : सुन्दराञ्चल      फाल्गुन १९, २०८१ मा प्रकाशित     
यस्तो रहनेछ आज देशभरको मौसम

फाल्गुन १९, हाल देशमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।

आज राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap