टिकटक र फेसबुकमा भाइरल भएको केही दिनमै छाडिन् बाजुराकी राधिकाले संसार


लेखक : सुन्दराञ्चल      फाल्गुन १८, २०८१ मा प्रकाशित     
टिकटक र फेसबुकमा  भाइरल भएको केही दिनमै छाडिन् बाजुराकी राधिकाले संसार

 फाल्गुन १८, टिकटक र फेसबुक रिल्समा चर्चित मौलिक गीत गाएर भाइरल बनेकी राधिका बादीको निधन भएको छ । ४२ वर्षीय राधिकाको आइतबार बिहान कालिकोटको पलाता गाउँपालिका-४, थिरपुमा निधन भएको हो ।

कालिकोट प्रहरी प्रमुख टेक बहादुर रावतका अनुसार, राधिका पछिल्लो दुई दिनदेखि बिरामी थिइन्, र २०८१ फागुन १८ गते बिहान उनको मृत्यु भएको पुष्टि गरिएको छ ।
राधिका बादी र उनका श्रीमान् जोगेन्द्र बादी बाजुराको बडिमालिका नगरपालिका-२ का बासिन्दा हुन् । यो जोडी मौलिक लोकगीत गाएर जीविकोपार्जन गर्दै आएको थियो । विशेष गरी राधिकाको मादल बजाउने कला उत्कृष्ट मानिन्थ्यो, जसले सामाजिक सञ्जालमा धेरैको मन जितेको थियो । उनले मादल बजाएर नशा नशामा रगत रगतमा।। भन्ने गीत गाएको भिडियो भाइरल बनेको थियो । उनको उक्त भिडियो बाजुराका पत्रकार प्रकाश सिंहले बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।

राधिकाको निधनले कला प्रेमीहरू शोकमा छन् । सामाजिक सञ्जालमा उनका गीत तथा भिडियोहरू अझै पनि चर्चामा छन् । राधिकाको पहिलो घर बझाङमा भए पनि जोगेन्द्रसँग दोस्रो विवाहपछि उनी बाजुरामा बस्दै आएकी थिइन् । जोगेन्द्रको पहिलो श्रीमती अझै पनि उनको घरमै छिन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap