महादेव गिरी बाजुरा फागुन १४, हिन्दु धर्मावलम्बीहरूको पर्व महाशिवरात्रि आज बुधबार धुमधामका साथ मनाइँदै छ । बाजुराको त्रिवेणी नगरपालिका–८ स्थित मौरे शिव मन्दीरमा धाममा महाशिवरात्रिका अवसरमा बिहानैदेखि पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिको अबसर पारेर हिजो नै मन्दीर परिसदमा सरसफाई ,पतंङ्गा, भक्तजनलाई सहजका लागि बाटो निमार्णमा कार्यहरु हिजो नै गरिएको युवा नेता, तथा समाज सेवी बिजयराज गिरीले जानकारी दिए । यस दिनलाई भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पर्वका रूपमा विभिन्न पुराणमा उल्लेख छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।



