बाजुरामा विहेको निम्तोमा गएका दुई समुह विच दोहोरो झडप हुदा , एक जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      फाल्गुन १०, २०८१ मा प्रकाशित     
 बाजुरामा विहेको निम्तोमा गएका दुई समुह विच दोहोरो झडप हुदा , एक जनाको मृत्यु

बाजुरा  १० फागुन : बाजुरा बुढीगंगा नगरपालिका–८ मोटाबाडामा विहेको निम्तोमा गएका दुई समुह विच दोहोरो झडपबाट घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यू हुनेमा बुढीगंगा नगरपालिका–८ डुग्रीतोलाका अन्दाजी २९ बर्षीया रणबहादुर थापा रहेका छन । जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहराका अनुसार बिहिबार राति बिहेको निम्तो खान गएका दुई समुह विच दोहोरो झडप भएको थियो । झडपमा रण बहादुर थापा घाईते भएका थिए ।
थापाको उपचारको क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी बोहराले बताएका छन । सुचना अधिकारी बोहराका अनुसार आरोपीत ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको र घटनाबारे सोधपुछ तथा अनुसन्धान भईरहेको बताए ।
पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका ७ का वाईलका दिर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कालाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap