सीप तथा रोजगार मेलाको उद्घाटन भोलि, मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने,


लेखक : सुन्दराञ्चल      फाल्गुन ७, २०८१ मा प्रकाशित     
सीप तथा रोजगार मेलाको उद्घाटन भोलि, मन्त्री दामोदर भण्डारीले उद्घाटन  गर्ने,

धनगढी फागुन ०७,   धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने सीप तथा रोजगार मेलाको उद्घाटन भोलि हुने भएको छ । आज मेलाको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा धनगढी– १ खुलामंचमा मेला हुने जनाइएको छ ।  उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

बढ्दो बेरोजगारी अन्त्यसँगै युवाहरुमा उत्पन्न निराशाले देशकै भविष्य अन्धकार गोरेटो तर्फ धकेलिने खतरा देखिएकाले युवाहरुमा आशाको संचार भरेर स्वरोजगार र आत्मनिर्भर बनाई सिर्जनशील कार्यद्धारा देश बनाउने उत्प्रेणा जागृत गराउने उदेश्यले मेलाको आयोजना गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए ।

मेलामा सुदुरपश्चिम प्रदेशको ९ जिल्लाको ४७ पालिकाबाट ४८३० जना सहभागी मध्ये छनौटमा ९ जिल्लाको ३९ पालिकाका १ हजार ४० जनालाइ विभिन्न ८ क्षेत्रका २९ बिषयमा तालिम दिन थालिएको नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकले बताए ।

त्यस्तै युवाहरुलाई दक्ष बनाई स्वउधमी बन्न र स्टार्टसअप व्यवसायका लागि उत्प्रेरित गर्ने,मेलामै रोजगारदाता र तालिम प्राप्त दक्ष जनशत्तिः बिच रोजगारीका लागि अन्तरक्रिया गराउने तथा सम्बधित रोजगारको लागि ओजेटी गराईने तथा युवाहरुलाई स्वरोजगारको अवसरका बारेमा जानकारी दिने रहेको उनले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap