आज देशभर ७५औँ प्रजातन्त्र दिवस मनाइँदै


लेखक : सुन्दराञ्चल      फाल्गुन ७, २०८१ मा प्रकाशित     
 आज देशभर ७५औँ प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं फाल्गुन ७,   आज देशभर ७५औँ प्रजातन्त्र दिवस मनाइँदै छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो राणा शासन अन्त्य भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । राणाहरूको वंशीयतन्त्र नभई प्रजाहरूकै तन्त्रमा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा प्रजातन्त्र आएको थियो ।

जनताले गरेको आन्दोलनलाई तत्कालीन राजा त्रिभुवनले पनि साथ दिएपछि मुलुकमा प्रजातन्त्र बहाली सम्भव भएको थियो । आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस, तत्कालीन राजा त्रिभुवन र राणाबीच सहमति भएपछि जहानियाँ राणा शासनको अन्त्य भएको थियो ।

हालसम्म भएका सबै राजनीतिक परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र भएकाले यसलाई विशेष दिवस मनाउने गरिएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ पदाधिकारीको सहभागीतामा विशेष समारोहको आयोजना गर्ने गरिन्छ । सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap