बाजुराका विद्यार्थी बोकेको बस कर्णाली राजमार्गमा दुर्घटना


लेखक : सुन्दराञ्चल      फाल्गुन ५, २०८१ मा प्रकाशित     
बाजुराका विद्यार्थी बोकेको बस कर्णाली राजमार्गमा दुर्घटना

बाजुरा, फागुन ५, बाजुराका विद्यार्थी बोकेको बस कर्णाली राजमार्गमा दुर्घटना भएको छ । नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको बस आइतबार बेलुका दुर्घटनमा परेको छ।

सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिडेको थियो । उक्त बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ । २६ जना विद्यार्थीहरू मध्ये २ जनालाई विद्यार्थी घाइते भएका छन्।

प्रहरी चौकी बड्डिचौरका अनुसार घाइते हुनेमा बाजुराको बुढिगङ्गा नगरपालिका ६ बस्ने १८ वर्षीय हेमराज जैशी र सुनिलराज उपाध्याय रहेका छन् । उनिहरूलाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जैशीको दुबै हात, खुट्टा र ढाँडमा चोट लागेको छ भने उपाध्ययको छातिमा चोट लागेको प्रहरीले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap