चैतन्य खेलकुद साधना सम्मानबाट क्रिकेटर महरालाई नगद ५० हजारको खेलकुद साधना सम्मान


लेखक : सुन्दराञ्चल      फाल्गुन ४, २०८१ मा प्रकाशित     
चैतन्य खेलकुद साधना सम्मानबाट क्रिकेटर महरालाई नगद ५० हजारको खेलकुद साधना सम्मान

महादेव गिरी धनगढी, फागुन ४, चैतन्य पाठशालाको २४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस बाट हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद साधना सम्मानबाट सम्मानित भएकी छिन् ।

धनगढीमा रहेको चैतन्य पाठशालाले क्रिकेट खेलकुद मा पुर्याएको योगदानको कदर गर्दै स्नेहा महरालाई चैतन्य खेलकुद साधना सम्मान प्रदान गरेको हो । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर देउवाले महरालाई नगद ५० हजार पुरस्कार सहित सम्मानपत्र हस्तान्तरण गर्नुभयोको हो ।

त्यस्तै चैतन्य पाठशालाले धनगढीमा रहेको ऐश्वर्य विद्या निकेतनका प्रिन्सिपल प्रेमनिधि ओझालाई नगद २५ हजार पुरस्कारराशिको चैतन्य शिक्षा साधना सम्मान प्रदान गरिएको छ ।

यस्तै, साहित्यकार यज्ञराज उपाध्यायलाई नगद २५ हजार पुरस्कारराशिको चैतन्य कला, संस्कृति तथा साहित्य साधना सम्मान प्रदान गरिएको छ । चैतन्य पाठशालाले आफ्नो २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित समारोहमा समाजका बिभिन्न क्षेत्रमा योगदान पु¥याउने ३८२ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

No description available.No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap