बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु, आमा घाईते


लेखक : सुन्दराञ्चल      फाल्गुन ४, २०८१ मा प्रकाशित     
बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु, आमा घाईते

बाजुरा फागुन ०४, ः साँफे-मार्तडी सडकखण्डमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा बसको ठक्करबाट घाईते बालकको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–१ अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

धनगढीबाट मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिदाँ घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको  हो ।

बस रोकेर राखेको र फेरि सञ्चालन गर्ने क्रममा ब्रेक नलागेर छेउमै रहेको आमा र बच्चालाई किच्दा घाईते भएको हुन् । ठक्करबाट मृतककी आमा ३५ वर्षीया बिस्ना पाध्याय समेत घाइते भएकी छन् ।

आमा गर्भवती समेत रहेको पाईएको छ । आमाको खुट्टामा चोट लागेको छ । घाईते पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । घाईतेको अवस्था मध्यम रहेको छ ।

प्रहरीले बस चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय उपेन्द्र मडै र बस नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

बस चालकले हर्न नबजाउने र जिल्लामा पछिल्लो समय स्थानीयले सडकमा बालबालिकाहरु बेवास्ता गरेर छोड्ने, पशु चौपाय चरिचरन गराउने लगायतका कारणले दुर्घटना जोखिम बढ्न थालेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap