महादेव गिरी धनगढी फागुन ३, धनगढीमा रहेको चैतन्य पाठशालाको २४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बार्षिक उत्सव तथा अभिभवक दिवसमा बिद्यालयका व्ययस्थापन समितिका अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको थियो । भने प्रमुख अथिति सुदूरपश्चिम प्रदेश पूर्व भौतिक पुर्वाधारा बिकाश मन्त्री माननीय प्रकाश बहादुर देउवा रहेका थिए । प्ररेक उपस्थिति प्रा. डा. हेमराज पन्त ,डा. टिन.एन जोशी, अर्जुन थपा पुर्व सभामुख सु.प .प्रदेश, धनगढी उपमहानगरपालिका उप.मेयर कन्दकला कुमारी राना ,रहेका थिए । भने बिशिष्ठ अथिति पूर्व उप.मेयर सुसिला मिश्र भट्ट ,दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका डा. नरेन्द्र ब ऐर, सुवास शाही, श्रष्टा यज्ञराज उपाध्याय रहेका थिए ।
बार्षिक उत्सव तथा अभिभावक दिवशमा बोल्दै प्रमुख अथिति सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पुर्वाधार मन्त्री प्रकाश बहादुर देउवाले ज्ञान सिप र संस्कार दिदै गरेको चैतन्य पाठशालाबाट अन्य स्कुलले समेत केही सिक्नु पर्ने र पाठशालाले छोटो समयमा शिक्षा क्षेत्रमा यति धेरै राम्रो गरेकोमा आफुलाई खुशी लागेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि धनगढी उप—महानगरपालिकाकी उप—प्रमुख कन्दकला रानाले चैतन्य पाठशालाले आदर्श विद्यार्थी, आदर्श शिक्षक मार्फत आदर्श समाज र देश निर्माणमा योगदान पुर्याईरहेको बताइन । उनले धनगढीमा नमुना स्कुलमा चैतन्य स्कुल रहेको र धनगढीमा शैक्षिक भ्रमणमा आउनेलाई चैतन्य पाठशाला सिफारिस गरिने समेत उनले ब्यक्त गरिन् । कार्यक्रममा बोल्दै चैतन्य पाठशालाका सल्लाहकार तथा सुदूरपश्चिमको शिक्षा क्षेत्रमा आफ्नो ठुलो योगदान रहेका प्राध्यापक डा।हेमराज पन्तले जिवनमा सबैभन्दा ठुलो सम्पति भनेको संस्कार भएको र अहिलेको शिक्षा प्रणालीमा संस्कार हराउदै गरेको भाव ब्यक्त गरे ।
उनले भने विद्या आर्जन सँगै संस्कारको समेत विकास हुनुपर्छ । तर अहिले जति बढी पढ्दै गयो त्यति संस्कार हराउदै गएको छ । चैतन्य पाठशालाले अहिले सुदूरपश्चिमै नभएर नेपालकै हकमा उत्कृष्ट शिक्षा दिने प्रयास गरेकोमा यो अति सराहनीय रहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै पाठशालाका अध्यक्ष गणेश जोशीले विद्यार्थीहरुलाई परीक्षामा बढी अंक ल्याउने भन्दा पनि उनीहरुलाई संस्कार सहितको शिक्षा कसरी दिने भन्ने चैतन्य पाठशालाको चासो र चिन्ता भएको चैतन्य पाठशालाका अध्यक्ष गणेश जोशीले बताए ।
बार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य तथा प्रतिवेदन प्रस्तुत गर्दै चैतन्य पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिंहले विद्यालयको गतिबिधि बारे जानकारी दिनुका साथै समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै जीवनोयोगी संस्कार सहितको शिक्षामा चैतन्य पाठशालाले जोड दिएको बताएका छन् । ६५ वटा बढी रचनात्मक कार्यक्रम तथा अतिरिक्त कृयाकलाप प्रस्तुत गरिएको समारोहमा विद्यार्थीहरुले नृत्यसंगै आफूमा अन्र्तनिहित प्रदर्शन गरेका थिए । वार्षिकोत्सव समारोह अभिभावक संघका अध्यक्ष ईश्वर गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।
बिभिन्न क्षेत्रमा योगदान पु¥याउने ३८२ जनालाई सम्मान
चैतन्य पाठशालाको २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित समारोहमा समाजका बिभिन्न क्षेत्रमा योगदान पु¥याउने ३८२ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
वार्षिकोत्सव समारोहमा चैतन्य पाठशालाले साहित्यकार तथा सर्जक यज्ञराज उपाध्यायलाई नगद रु २५ हजार धनराशीको चैतन्य कला साहित्य तथा संस्कृति साधना पुरस्कार २०८१ प्रदान गरेको छ ।
चैतन्य शिक्षा साधना पुरस्कार २०८१ अन्तरगत ऐश्वर्य विद्या निकेतनका प्राचार्य प्रेम निधि ओझालाई नगद रु २५ हजार सहित सम्मान पत्रले अभिनन्दन गरिएको छ । त्यस्तै चैतन्य खेलकुद विशिष्ट प्रतिभा पुरस्कार नगद रु ५० हजार सहित १९ वर्ष मुनिकी क्रिकेट खेलाडी लाई सम्मान गरिएको छ ।
त्यस्तै अन्य सम्मान अन्तरगत प्रेरक युवा उद्यमी सम्मान ३ जना सफल युवा उद्यमी सम्मान १ जना प्रेरक ब्यवसायी सम्मान ११ जना प्रेरक पत्रकार सम्मान ३ जना स्वास्थ्य सेवा सम्मान ४ जना योग अध्यात्म सम्मान ३ जना अनुकरणीय शैक्षिक सम्मान ६ जना अनुकरणीय सामाजिक नेतृत्व सम्मान २ जना उत्कृष्ट खेल सम्मान ३० जना पेरणादायी समाजसेवा सम्मान १० जना चैतन्य बिज्ञ नगर स्रोत शिक्षक सम्मान ३ जना चैतन्य बहुआयामिक सम्मान ४ जना नवोदित सर्जक सम्मान १ जना चैतन्य युवा विज्ञान कर्मी सम्मान ३ जना चैतन्य कला संस्कृति सम्मान १ जना चैतन्य प्रेणादायी युवा सम्मान २ जना आदर्श अभिभावक सम्मान ५० जना मिडिया हाउस सम्मान १७ जना झाकीँ समाज सम्मान १३ जना वडा अध्यक्ष÷ स्थानीय निकाय सम्मान १७ जना महारानी टेन्ट हाउस १ जना बिद्यार्थी सम्मान ५० जना पुर्व बिद्यार्थी सम्मान १९ जना पूर्व शिक्षक सम्मान ७ जना आदर्श शिक्षक कर्मचारी सम्मान ७४ जना र आमा सम्मान अन्तरगत समारोहमा उपस्थित सम्पुर्ण आमा अभिभावकहरुको सम्मान गरिएको छ ।
कार्यक्रममा वर्षभरी बिभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत सम्मान, पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।
समारोहमै धनगढीका दुई विद्यालयलाई नगर पालिकाको सिफारिसमा ल्यापटप समेत हस्तानतरण गरिएको समारोहमा ठेकराज मा।बि घोडसुवा र भवानी मा।बि घुइयाघाटलाई ल्यापटप प्रदान गरिएको थियो ।
चैतन्य पाठशालाको २४ औं बार्षिक उत्सव तथा अभिभाक दिवस कार्यक्रममा प्रमुख अथिति सुदूरपश्चिम प्रदेश पूर्व भौतिक पुर्वाधारा बिकाश मन्त्री माननीय प्रकाश बहादुर देउवा, प्ररेक उपस्थिति प्रा. डा. हेमराज पन्त ,डा. टिन.एन जोशी, अर्जुन थपा पुर्व सभामुख सु.प .प्रदेश, धनगढी उपमहानगरपालिका उप.मेयर कन्दकला कुमारी राना ,रहेका थिए । भने बिशिष्ठ अथिति पूर्व उप.मेयर सुसिला मिश्र भट्ट ,दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका डा. नरेन्द्र ब ऐर, सुवास शाही, श्रष्टा यज्ञराज उपाध्याय पत्रकार, अभिभावक ,बिध्यार्थी, ,शिक्षक,शिक्षिका, बिद्यायार्थी, लगाएतको उपस्तिथि रहेको थियो । भने कार्यक्रमको सहजिकरण तथा कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिवेक जोशी, हेमा जोशीले गरेका थिए ।








