धनगढीमा खो खो र कबड्डीका खेलाडीहरु जनही ५० हजार सहित सम्मान


लेखक : सुन्दराञ्चल      माघ २८, २०८१ मा प्रकाशित     
धनगढीमा खो खो र कबड्डीका खेलाडीहरु जनही ५० हजार सहित सम्मान

धनगढी माघ २८,  दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता उद्घाटन गरिएको छ । छनोट प्रतियोगिताको परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले उद्घाटन गरिन् ।आयोजक सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहको अध्यक्षमा भएको उद्घाटन समारोहमा खो खो र कबड्डीका खेलाडीहरुलाई नगद ५० हजार सहित सम्मान गरिएको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ७ सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् । भने ४५० जना निर्णायकहरू पनि सहभागी हुनेछन् ।

दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका २ हजार ८०० खेलाडी सहभागी हुँदैछन् ।सुदूरपश्चिम प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ।

छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुरमा हुने छ।कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसु लगायत खेलहरु हुनेछन् ।

३१ मध्ये १६ वटा खेलको प्रतियोगिता हुने छ। छनोट हुने खेलमा बास्केट बल महिला, कुस्ती, आईटिएफ तेक्वान्दो, सुटिङ, जुडो, रब्बी, भारत्तोलन, हेन्डबल महिला रहेका छन् ।

१० वटा खेलका खेलाडीले दशौँ राष्ट्रिय खेलकुदमा हक्की, आर्चरी, साइक्लिङ, सफटेनिस, पौडी, शारीरिक सुगठन, सेपाक ताक्क्रो, फेन्सिङ, लङ टेनिस, जिम्नास्टिक खेलका खेलाडीले सहजै दशौँ राष्ट्रिय खेलकुदमा सहभागि जनाउन पाउने छन् ।प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल ३३२, द्वितीय मेडल ३२०, तृतीय मेडल ४५६ गरी १ हजार १९८ वटा मेडल रहेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap