लेखक : सुन्दराञ्चल      माघ २६, २०८१ मा प्रकाशित     


गोदावरी नगरपालिका वडा नं. ८ फकलपुरमा स्वास्थ्य प्रवर्दनका सवालमा संचार विषयक कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ मनस्थीति , स्वास्थ चिन्तन , सुर्तिजन्य ,मदिराजन्य तथा लागु औषध रहित स्वास्थ जिवनका बारे ग्रामिण क्षेत्रमा सचेतना सहित प्रशिक्षण गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेशिक स्वास्थ्य प्रवर्दन केन्द्रको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य सम्बन्धि विविध विषयमा छलफल गरिएको थियो । प्रादेशिक स्वास्थ्य पवद्र्धन केन्द्रका प्रमुख हेमराज खण्काले ग्रामिण क्षेत्रमा हुने विविध स्वास्थ्य समस्याकाबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा उहाँले थारु समुदायमा हुने सिकलसेल यनीमियाँका बारे जानकारी गराउनु भएको थियो । गाउँका भल्मन्सा, अगुवा , सिकलसेलका विरामिहरु को समेत कार्यक्रममा सहभागिता रहेको थियो । गाँउमा हुने सबैखाले स्वास्थ्य समस्या समाधानकोलागि र स्वास्थ्य चेतना फैलाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको प्रमुख खण्काले बताउनु भयो । युवाहरु धेरै लागु औषधमा फसेका छन् कोहि जानेर त काहि नजानेर शिकार भएका छन् गाँउमा अझै चेतनाको कमि छ खण्काले भन्नु भयो” । यसै गरी उहाँले कोहि नपुगेको ठाँउमा प्रदेश सरकार पुग्ने गरेको बताउँदै यस्ता कार्यक्रम प्रदेशका ग्रामिण क्षेत्र केन्द्रित गर्ने बताउनु भयो । कार्यक्रममा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका राम चन्द्र जोशी , अत्तरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख , फकलपुर गाँउका अगुवा लगाएत सहभागि रहनुभएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap