धनगढी,माघ १९, कैलालीको धनगढीमा माघ १९ आज देखी सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । गो ड्रि«मर्सको आयोजनामा धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आज १९ गते देखि माघ २८ गते सम्म सञ्चालन हुने क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।
आयोजक समितिले हिजो शुक्रबार पत्रकार सम्मलन गर्दै धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गर्न लागिएको बताएको छ।नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहने छ।
सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा खेल खेलाइने जनाएको छ। प्रतियोगिताको समुह ’ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन्। यस्तै समुह ’बीझमा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन्। खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा डिसिए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा बिच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गर्नेछन्। उद्घाटन समारोहमा गायक चक्र बमको सांगितिक प्रस्तुती पनि रहनेछ। खेल भोलि दिउँसो १२,१५ बाट सुरु हुने आयोजकले जनाएको छ।
प्र