आज शहीद दिवस, शहीदको सम्झनामा देशभर विशेष कार्यक्रम गरि मनाइँदै


लेखक : सुन्दराञ्चल      माघ १६, २०८१ मा प्रकाशित     
आज शहीद दिवस, शहीदको सम्झनामा देशभर विशेष कार्यक्रम गरि मनाइँदै

माघ १६,  विभिन्न आन्दोलनमा प्रजातन्त्र, स्वतन्त्रता, राजनीतिक अधिकार लगायतका लागि जीवन आहुति दिने शहीदहरूको सम्झनामा आज विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।

दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि दिइएको छ । प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म विभिन्न शहीदहरूको सम्झनामा शहीद सप्ताह मनाई, १६ गतेका दिन विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइन्छ । गत साता टेकुस्थित पचलीमा रहेको शहीद शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै शहीद सप्ताह सुरू भएको हो ।

जहानियाँ राणा शासन विरुद्ध स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap