वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणदेखि प्रमाणपत्रमा नक्कली बिगबिगी


लेखक : सुन्दराञ्चल      माघ १०, २०८१ मा प्रकाशित     
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणदेखि  प्रमाणपत्रमा नक्कली बिगबिगी

काठमाडौं माघ १०, वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणदेखि पूर्वअभिमुखीकरण तालिमसम्ममा नक्कली प्रमाणपत्रको बिगबिगी भएपछि वैदेशिक रोजगार विभागले सबै सेवामा बायोमेट्रिक प्रणाली अनिवार्य गरेको छ । स्वास्थ्य परिक्षणको अनुमति पाएका संस्थाहरूको अनुगमनमा कडाइ गर्ने पहल गरिरहेको विभागले श्रमिकको सम्पूर्ण प्रक्रिया र विवरणलाई निगरानीमा राख्न राष्ट्रिय परिचयपत्रलाई पनि जोड्ने तयारी गरेको छ ।

गत असार ११ मा इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा ८ सय नेपाली श्रमिक लैजान वैदेशिक रोजगार विभागले विज्ञापन गर्‍यो । यसमा ४ हजारभन्दा धेरैले आवेदन दिएका थिए । तर आवेदन दिनेमध्ये १४२ जनाको प्रमाणपत्र नक्कली भेटियो । शैक्षिक प्रमाणपत्रदेखि, तालिम र भाषा परीक्षा पास गरेको प्रमाणपत्रसम्म नक्कली भेटिएपछि उनीहरूको आवेदन नै रद्द गरियो ।

इजरायल जाने श्रमिकलाई मात्र होइन, खाडी र मलेसिया जाने श्रमिकलाई पनि स्वास्थ्य परीक्षण नगरी श्रम स्वीकृतिका लागि नक्कली मेडिकल रिपोर्ट बनाइदिने गरेको सरकारी अध्ययन समितिले नै ठहर गरेको थियो । १५७ स्वास्थ्य संस्थाले श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाए पनि ३० प्रतिशत स्वास्थ्य संस्थाको मापदण्ड नपुगेको प्रतिवेदनमा उल्लेख छ । तर श्रम मन्त्रालयले त्यस्ता संस्थालाई कारबाही गर्नु त कता हो कता सेवा सुधारमा समेत सचेत गराएको छैन । विज्ञहरूले नक्कली कागजातको बिगबिगी हुँदा गन्तव्य मुलुकमा हाम्रा संस्थाहरूको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने भएकाले अनुगमनमा कडाइ गर्न सुझाएका छन् ।

पूर्वप्रस्थानको अभिमुखीकरण तालिमको प्रमाणपत्र समेत नक्कली पेश गरेर गन्तव्य देशमा पुगेका श्रमिक समस्यामा पर्ने गरेका छन् । यस्तो अवस्था नहोस् भनेर वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम दिने सबै संस्थालाई बायोमेट्रिक अनिवार्य गरेको छ । असम्बन्धित व्यक्तिको चलखेल रोक्न वैदेशिक रोजगारीमा जानेहरूसँग राष्ट्रिय परिचयपत्र समेत अनिवार्य गरिँदैछ ।

वैदेशिक रोजगारीमा गएकाहरुमध्ये वार्षिक १४ सयभन्दा बढीको त मृत्यु नै हुने गरेको छ । त्यस्तै ६ सयभन्दा धेरै अंगभंग हुने गरेको तथ्यांक वैदेशिक रोजगार बोर्ड सचिवालयको छ । यसका पछाडि वैदेशिक रोजगारीमा जानुपूर्वको अभिमुखीकरण तालिम र स्वास्थ्य परीक्षण जस्ता विषय जोडिने गरेको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap