वाईफाई नेपालको ‘दशैंको बहार’ योजनाः विशाल नेपालले पाए बम्पर उपहार सुजुकी स्कूटर


लेखक : सुन्दराञ्चल      पुस २४, २०८१ मा प्रकाशित     
वाईफाई नेपालको ‘दशैंको बहार’ योजनाः विशाल नेपालले पाए बम्पर उपहार सुजुकी स्कूटर

धनगढी पुष २४ ,  बडा दशैंको उल्लासमय अवसरमा ईन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपाल प्रालिले सञ्चालन गरेको ‘दशैंको बहार, खल्तीबाट पेमेन्ट गर्दा स्कूटर उपहार’ योजनाअन्तर्गत बम्पर उपहार विजेता विशाल नेपाललाई सुजुकी स्कूटर हस्तान्तरण गरिएको छ।

सोमबार वीरगन्जस्थित क्लार्क रिसोर्टमा आयोजित भव्य समारोहमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ नरबस्तीका विशाल नेपालकी आमा मिना देवी नेपालले स्कूटरको चाबी ग्रहण गरे। चाबी हस्तान्तरण वाईफाई नेपालको ब्राण्ड एम्बेस्डर तथा नेपाल क्रिकेट संघ .क्यान .का सचिव पारस खड्काले गरेका थिए।

विशाल नेपाल अध्ययनका क्रममा जापानमा रहेका कारण समारोहमा उपस्थित हुन नसकेको वाईफाई नेपाल प्रालिका सिईओ शत्रुधन पञ्जियारले जानकारी दिए। उनले विशालको तर्फबाट उनकी आमालाई उपहार हस्तान्तरण गरिएको बताए।

वाईफाई नेपालले असोज १ देखि कार्तिक मसान्तसम्म खल्ती एपमार्फत ईन्टरनेट सेवा भुक्तानी गर्ने ग्राहकहरूका लागि यो योजना सञ्चालन गरेको थियो। झण्डै ५२ हजार सहभागितामध्ये बाराका विशाल नेपाल भाग्यशाली विजेता बने।

वाईफाई नेपालका सिईओ पञ्जियारका अनुसार, कम्पनीले ३ वर्षको छोटो अवधिमा देशभर ६० हजारभन्दा बढी ग्राहक जोड्न सफल भएको छ। सोमबारदेखि वीरगन्जमा औपचारिक रूपमा शाखा सञ्चालनमा ल्याउँदै कम्पनीले स्थानीयस्तरमा समेत सेवा विस्तार गरेको छ।

ग्राहकको विश्वासमा वाईफाई नेपालले आफ्नो सेवा गुणस्तरीय र विश्वसनीय बनाउँदै आएको पञ्जियारले बताए। “प्राविधिक समस्या आएमा तुरुन्त समाधान गर्ने हाम्रो प्राथमिकता हो। देशभरका ग्राहकले हाम्रो सेवा रुचाएका छन्, जसले हाम्रो कामलाई अझ प्रेरणा दिएको छ,” उनले भने।

कार्यक्रममा वाईफाई नेपालले भविष्यमा थप आकर्षक योजना र ग्राहक(अनुकूल सेवाहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्‍यो। वीरगन्ज क्षेत्रका ग्राहकले पनि कम्पनीको सेवाप्रति उच्च सन्तुष्टि व्यक्त गरेका छन्।

विशाल नेपालको यो बम्पर उपहारले ‘दशैंको बहार’ योजनाको सफलता र वाईफाई नेपालको ब्रान्ड प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap