धनगढी पुष १९, शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मानको लागि चैतन्य पाठशालाको शैक्षिक धारणा र अभ्यास अघि बढी रहेका छन् । जुन कुरा आजको विश्व समाजको अपरिहार्य आवश्यकता पनि हो साथै सामाजिक उत्तरदायित्व पनि हो ।
सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका तथा सर्वाधिक रक्तदान करिब १०७ पटक रक्तदान गरिसकेका पत्रकार दिपक उपाध्याय नेपाल रक्तदान जीवन दान, मानव सेवाका लागि चैतन्य अभियान भन्ने मूल मन्त्रलाई अगाडि बढाउने कार्यमा चैतन्य पाठशालामा औपचारिक रुपमा आजबाट जोडिएका छन् ।
पाठशालाको विहानी प्रार्थना सभामा विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले यस कार्यका लागि नियुक्ति पत्रसहित बधाई तथा शुभकामना व्यक्त गर्नु भएको हो ।
प्रार्थना सभामा बोल्दै रक्तदाता उपाध्यायले हरेक महिना चैतन्यको सहकार्य र आफ्नो संयोजनमा आवश्यक परेको ठाउँमा रक्तदान गरिने र डिजिटल एप्सको माध्यमबाट देशभरि रक्तदानको सेवा प्रवाहलाई सहज बनाउने उद्देश्य रहेको कुरासँगै विद्यार्थीहरूलाई १८ वर्ष पुगेपछि रक्तदानको महाअभियानमा जोडिन पनि आह्वान गर्नु गरेका छन् ।


