सदस्यको स्वास्थ्य बीमा गर्ने देखी संचार केन्द्र स्थापना गर्ने सम्मका निर्णय गर्दै बैठक सम्पन्न


लेखक : सुन्दराञ्चल      पुस १८, २०८१ मा प्रकाशित     
सदस्यको स्वास्थ्य बीमा गर्ने देखी संचार केन्द्र स्थापना गर्ने सम्मका निर्णय गर्दै बैठक सम्पन्न

कैलाली पुष १८, नेपाल पत्रकार महासंघ कैलाली शाखाको पहिलो बैठकले बिभिन्न निर्णय गरी सम्पन्न भएको छ । निर्णयहरुमा नेपाल पत्रकार महासंघ कैलाली शाखाका सदस्यको स्वास्थ्य बीमा गर्ने , नेपाल पत्रकार महासंघ कैलाली शाखाका सदस्य तथा कैलालीबाट सञ्चालित सञ्चार माध्यमको अभिलेख तयार पार्ने, अभिलेखीकरणका लागि सचिब तेजराज भट्ठको संयोजकत्वमा गगन अयडी, र लोकसिंह ठकुरी सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै पत्रकारको सहजताका लागी नेपााल पत्रकार महासंघ कैलाली शाखामा संचार केन्द्र स्थापना गर्ने निर्णय समेत गरेको जनाएको छ । आज महासंघका अध्यक्ष श्रmबण देउबाको अध्यक्षतामा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap