दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत बेहडाबाबा आधारभुत विद्यालयका बालबालिकालाई न्यानो लुगा वितरण


लेखक : सुन्दराञ्चल      पुस १७, २०८१ मा प्रकाशित     
दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत बेहडाबाबा आधारभुत विद्यालयका बालबालिकालाई न्यानो लुगा वितरण

महादेव गिरी धनगढी पुष १७, धनगढीका युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टोलीलले शुरु गरेको ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालि का वडा नम्बर १२ स्थित बेहडाबाबा आधारभुत विद्यालयका बालबालिकालाई राष्ट्रिय पोशाक एवं टोपी दिवसको अवसरमा बेहडाबाबा आधारभुत विद्यालयका बालबालिकालाई न्यानो लुगा वितरण गरिए छ ।

धनगढी १२ जूगेडा डि गाउँ मा रहेको श्री वेहडावावा आधारभूत वीधालय मा अध्ययनरत १३७ जना विद्यार्थीलाई न्यानो कपडा स्विटर र टोपी वितरण गरियको हो । यस अभियान अन्तर्गत चिसो मौसममा कसैलेपनि समस्या भोग्नु नपरोस भन्ने उद्देश्यले सो लुगा वितरण गरिएको अभियानका संयोजक घनश्याम भट्टले बताए । गाउँमा रहेका अति बिपन्न ब्यक्ती र निम्न आय स्तर भएका नागरिकका छोरा छोरी पढ्ने यस्ता बिद्यालयमा न्यानो लुगा वितरण कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

अभीयान नीरन्तर जारी रहने छ ।यस अघी भट्टले ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को भगवती आधारभुत बिद्यालयमा अध्यायनरत ५० बिद्यार्थीहरुलाई झोला, स्वूटर र टोपी वितरण गरिएको थियो । बिद्यालयले छनौट गरेका बिपन्न बिद्यार्थीहरुलाई सो समान उपलब्ध गराएको थियो । यो अभियानमा बिभिन्न ब्यवसायी तथा समाजसेवी जोडिने क्रम जारी छ । जसबाट न्यानो लुगा बिना हिउँद काट्नुपर्ने बाध्यताका बालबालिकालाई राहत पुगेको छ ।

Open photo

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap