पुष १७, हाल तराईका धेरै स्थानमा हुस्सु लागेको छ । दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ। राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।
बिहान तराई तथा काठमाडौँ उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।