लोकसेवा पढ्नेको फूर्ति


लेखक : सुन्दराञ्चल      पुस १७, २०८१ मा प्रकाशित     
लोकसेवा पढ्नेको फूर्ति

लभदेव धामी, पुष १७ ,कक्षा १२ पास गरेपछि भाषा सिक्ने र विदेश जानेको लहर एकातिर बढेको बढ्यै छ भने अर्कोतिर स्नातक तहमा भर्ना भई लोकसेवाको तयारी गर्न इन्स्टिच्युट धाउनेहरू पनि थुप्रै छन्।

इन्स्टिच्युट धाउनेहरू आफूलाई सायद विश्वकै फरक ठान्छन् जस्तो लाग्छ। कारण तिनीहरू लोकसेवाको तयारी गरिरहेका छन्। धेरैले भन्छन् तिमी कलेज मात्रै जान्छौं? यो बाहेक अरू? मैले सोझो अर्थमा उत्तर दिन्छु- केही छैन।

फ्याट्टै सुझाव आउँछ- यसो लोकसेवाको तयारीतिर लाग्नु नी!’

फेरि भन्छु- भ्याउँदिन!  यद्यपि नभ्याएर भन्दा इन्ट्रेस्ट नभएर हो। लोकसेवाको तयारी गर्नेहरूप्रति नकारात्मक धारणा होइन। उनीहरूको व्यवहारले भने आजित छु। म बिहान झोला बोकेर कलेज हिँड्दा मेरै अरू साथीहरू पनि क्लास लिन इन्स्टिच्युटतिर आइरहेका हुन्छन्। कहिलेकाहीँ कलेज गएर किन टाइम पास गरिरहेको छु , साथीहरूबाट अब त केही सिक्नुपर्ने भयो भन्ने पनि लाग्यो।  लोकसेवा क्लास लिनुपर्छ भन्ने पनि लाग्छ।

फेरि अर्को मनले भन्छ- यता न उता, घर न घाटको भइएला ब्याचलर गर्ने अनि जे होला-होला। फेरि साथीलाई हेर्दै मनमनै भन्छु, उसले पनि तयारी गर्छु भन्दै इन्स्टिच्युट धाएको दुई वर्ष भयो, केही टुंगो छैन।

Ncell

लोकसेवा पढ्ने साथी पनि कहिलेकाहीँ भ्रमण गर्न कलेजतिर आउँछन्- उनीहरूको त शान नै बेग्लै, सायद सचिव नै भएर आएका हुन् कि जस्तो! कोही अलिअलि बोलेजस्तो गर्नुहुन्छ। कोही साथीहरू त बोल्नै भ्याउनुहुन्न सायद तयारी गर्न ढिलो नै भएको हुनुपर्छ।

एक दिन बिहान बिहानै कलेजमा साथीहरू खुब गफ्फिँदै थिए। त्यहीबेला अचानक म पनि पुगेँ। म नबोलिकन हतार हतारमा कक्षाभित्र जाँदै थिए। त्यत्तिकैमा एक जना साथीले भन्यो- हेर न कति दौडेको होला लोकसेवाको क्लास नै छुटेजस्तो गरी जाबो कलेजमा पढाइ हुने सामान्य विषयको लागि पनि।

पढाइ हुन लागेको करिब १० मिनेट जति भइसकेको हुनाले म तिनीहरूसँग नबोली कक्षा भित्र पसे। तर त्यो दिन कक्षामा पढ्ने मनै लागेन। ती लोकसेवा पढ्ने साथीहरूको कुराले मनमा ठूलो क्रान्ति मच्चाइ रह्यो। जाबो सामान्य विषयको कक्षा के पढिरहनु भनेजस्तै हिनताबोध मात्रै तुल्यायो। मजाकी भाषामा भनिएका ती शब्द, मेरो लागि ‘सिरियस’ भइदियो।

सबथोक लोकसेवा पढ्न मात्रै हो र? सरकारी जागिर खानु मात्रै हो र? यस्ता सयौं प्रश्नहरू मबाट उत्तर माग्न थाले। सायद मसँग उत्तर छैन भन्ने यी प्रश्नहरूलाई पनि ज्ञात भएर होला।

४० मिनेटको कक्षामा १० मिनेट उसै म ढिलो आएर गइसकेको थियो। बाँकी रहेको ३० मिनेट कतिखेर जाला र म ती साथीहरूलाई मुखभरिको जवाफ दिउँला भनेर कुरिरहेको थिएँ। तर मैले बाहिर आउँदा ती साथीहरू थिएनन् र मैले त्यो दिन भैगो भनेर मजाकमा नै लिने प्रयास गरेँ।

कलेजमा करिब ११ बजेसम्म पढेर त्यसपछि म दिनभर आफ्नो कर्ममा बेफुर्सदी भएर लागिरहेँ। त्यसैले पनि दिनमा केही याद आएन। साँझपख आफ्नै धुनमा साइकल चलाउँदै गर्दा मेरो नजर अचानक ‘लोकसेवा क्लास’ लेखेको बोर्डमा पर्‍यो। र झल्यास्स साथीहरूले बिहान भनेका कुरा घुम्न थाल्यो।

कुरा सामान्य थियो। कुनै ठूलो बनाउनुपर्ने अर्थ थिएन, तर पनि मेरो मनले किन हो तिलको पहाड बनाइरहेको छ। त्यो दिनदेखि लोकसेवा क्लास लिने साथीहरू देख्दा पनि तिनीहरूको घमण्ड मेरो अगाडि आउँछ, झन् मलाई बोल्ने नपरोस् भन्ने बनाउँछ। त्यो सानो मजाकले मेरो मनमा ठूलो खाडल बनाइ दियो।

म मेरा कुनै साथी पनि असफल हुन् भन्ने कदापि चाहन्न र त्यो मेरो मनसाय पनि त होइन। तर आफूले व्यञ्जन खाइरहेको छु भनेर अरूले खाएको मकैको रोटी खाना नै होइन भनी सोच्ने प्रवृत्तिको मात्रै विरोध गरेको हुँ। हामीले नगरे कसले गर्छ, गर्नु पनि पर्छ कोहीले लोकसेवा लड्नुपर्छ, कोहीले शिक्षक सेवा लड्नुपर्छ, कोहीले केही, कोहीले केही गर्नुपर्छ। सबैले एकै क्षेत्रमा लागि रहे पनि त अवसर पाइँदैन यो आवश्यक पनि छ।

आजभोलि के भइरहेको छ भने, भन्छन् नि आलु खाएर पेडाको धाक त्यही उखान यहाँ पनि मेल खान जान्छ। लोकसेवा क्लास लिएर पढ्नेहरू भन्दा पनि टाइम पास गर्नेहरू अधिक नै छन्, लखरलखर हिँडिरहेकै छन्। झन् दुई घण्टाको क्लास लिएर बाँकी समय त्यसै बिताइरहेका पनि छन्। तर बुझाई भने कलेज पढ्नेहरू भन्दा त हामीहरू सिनियर हौं भन्ने धारणा बलियो हुँदै गएको देखिन्छ जुन त्यही उदाहरण हो।

मलाई लाग्छ पढ्नु भनेको जागिरे हुनु मात्रै होइन, अझ भनुँ लोकसेवा लड्नु मात्रै होइन। तर साथीहरूको घमण्डको अगाडि मेरो धारणा तुच्छ हुन जान्छ। उनीहरूको विचारमा त सायद पढाइको सबैभन्दा ठूलो सफलता लोकसेवा लडेर सरकारी जागिरे हुनु नै हो।

मेहनत गर्नेले फल पाउनुपर्छ यसमा कुनै दुईमत छैन। तर थोरै मेहनतमा महत्वाकांक्षा सचिवको गर्नु पनि त उचित होइन।

खैर जे भए पनि म चाहन्छु मेरा मेहनती साथीहरूले देखेको सफलता छिट्टै मिलोस्। सरकारी जागिरे बनुन्। भविष्यको शुभकामना।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap