चैतन्य विद्यार्थी महोत्सव २०८१ पौष २७ गतेदेखि माघ ५ गतेसम्म पाठशालामा हुँदै


लेखक : सुन्दराञ्चल      पुस १५, २०८१ मा प्रकाशित     
चैतन्य विद्यार्थी महोत्सव २०८१ पौष २७ गतेदेखि माघ ५ गतेसम्म  पाठशालामा हुँदै

धनगढी १५ पुष ,चैतन्य विद्यार्थी महोत्सव २०८१ आगामी पौष २७ गतेदेखि माघ ५ गतेसम्म हुने भएको छ। चैतन्य पाठशालाले विगतका वर्षदेखि नै आयोजना गर्दै आइरहेको स्टिमफेयर वार्षिक खेलकुद सप्ताहलाई यो वर्ष विन्टर क्याम्प रमाइलो मेलालाई जोडेर संयुक्त रुपमा आयोजना गर्न लागेको पाठशालाले आज पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।

शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन , प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाको शौक्षिक अवधारणा अघि बढिरहेको र पाठशालाले विद्यार्थीहरूको चौतर्फी विकासका लागि उक्त महोत्सव गर्न लागेको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए।

महोत्सवमा मुख्यतः रक्तदान जीवनदान मानव सेवाका लागि चैतन्य अभियान, विज्ञान प्रविधिको अन्वेषण र प्रयोगात्मक परियोजनाको प्रयोग , कला संस्कृति साहित्य रहनसहन खानपान, मौलिक पहिचान र प्रदर्शनी , व्यक्तित्व विकासका वृहत आयामहरूको क्षमताका लागि प्रतिस्पर्धाहरू रमाइलो खेल र सिकाई, सृजनशीलता र नवीन अभ्यासको प्रयोग, विभिन्न महत्वपूर्ण खेलहरूको प्रतिस्पर्धा, चैतन्य गायन ,चैतन्य नृत्य ,चैतन्य ट्यालेन्ट हन्ट कम्पिटिसन ,अभिभावकहरु बीच रमाइलो खेल र प्रतिस्पर्धात्मक खेल ,रक्तदान ,साइकल र्याली, कलश यात्रा, समाजसेवा, पाठ्यपुस्तक र पाठ्यक्रमभन्दा पर गएर विद्यार्थीहरूको अन्तर्निहित क्षमता पहिचानका लागि अवसर सिर्जनाका साथै विज्ञान र प्रविधि अन्तर्गत विद्यार्थीद्वारा निर्मित आरसी प्लेन र ड्रोन उडाइने जस्ता कार्यक्रमहरू उक्त महोत्सवमा प्रदर्शन गर्ने पाठशालाका प्रधानाध्यापक कटक सिंहले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

साथै चैतन्य पाठशालाले पत्रकार महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्य प्रदेश सदस्यहरू र कैलाली जिल्लाको सिङ्गो नवनिर्वाचित समितिलाई बधाई सहित सम्मान गरेको हो।

यो सँगै “रक्तदान जीवनदान, मानव सेवाका लागि चैतन्य अभियान” कार्यक्रम संयोजकको जिम्मेवारी पत्रकार तथा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी पटक रक्तदान गर्ने स्वयंसेवी रक्तदाता दीपक उपाध्यायलाई दिएको छ । कार्यक्रमा पाठशालाका अध्यक्ष, पत्रकार, बिध्यालयका पिटिए अध्यक्ष, पाठशालाका प्राधानाध्यापक, शिक्षक, लगाएको उपस्थिति रहेको थियो ।

No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap