धनगढीमा भागवत वाचिका राधिका दासी आउने


लेखक : सुन्दराञ्चल      मंसिर २९, २०८१ मा प्रकाशित     
धनगढीमा भागवत वाचिका राधिका दासी आउने

२९ मंसिर : सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा श्रीमद्भागवत महायज्ञ लगाउने भएको छ । महायज्ञका लागि धनगढीमा छलफल गरिएको छ । शनिबार सुदूरपश्चिमाञ्चल साहित्य समाज पलमान सिंह स्वाँर स्मृति भवनको प्राङ्गणमा वृहत छलफल कार्यक्रम गरिएको हो ।
फागुन २१ देखि २७ गतेसम्म धनगढीमा भागवत मञ्जरी पूज्य राधिका दासी द्वारा वाचन हुने गरी श्रीमद्भागवत महायज्ञको तयारी गरिएको सुदूरपश्चिमाञ्चल साहित्य समाजले गरिरहेको छ । उक्त श्रीमद्भागवतको तयारीका लागि सुदूरपश्चिम प्रदेशका दिग्गज, सामाजिक, शैक्षिक, राजनीतिक र प्रतिष्ठित व्यक्तित्वहरूको भेला गरेर सबैको विचारलाई बुझेर एकिबद्धताका साथ महायज्ञ गर्न साहित्य समाज लागि परेको छ ।
सुदूरपश्चिमको कला, संस्कृति, साहित्य र गीत संगीतको संरक्षणका साथै कलाकार, साहित्यकार, संगीतकर्मीको संरक्षणकालागि पनि महायज्ञले सहयोग गर्ने आयोजकको बुझाई छ ।

उक्त महायज्ञ सम्पन्न गर्नको लागि सबै जनसमुदायको महत्वपूर्ण भूमिका रहनुका साथै सहयोगको पनि आवश्यकता रहेको र सबैले महायज्ञलाई सम्पन्न गर्न आफ्नो क्षेत्रबाट सक्ने सहयोगको लागि पनि साहित्य समाजले अपिल गरेको साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap