पत्रकार महासंघ निर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशित


लेखक : सुन्दराञ्चल      मंसिर २५, २०८१ मा प्रकाशित     
पत्रकार महासंघ निर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशित

धनगढी मंसिर २५,  सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

निर्वाचन समितिले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षको लागि दुई जनाको उम्मेदवारी कायम भएको छ । अध्यक्षमा भरतबहादुर शाह र मीनबहादुर बमले उम्मेदवारी कायम भएको छ  ।अध्यक्षमा उम्मेदवारी दिएका केशवराज जोशीले उम्मेदवारी फिर्ता लिएपछि दुई जना प्रतिस्पर्धी बनेका हुन ।

उपाध्यक्षमा मानबहादुर साउद र राम धामीको उम्मेदवारी कायम भएको छ । महिला उपाध्यक्षमा कालिमैया चौधरी र हेमन्ती डगौरा चौधरी तथा महासचिवमा शिवराज भट्ट र हरि जोशीको उम्मेदवार बनेका छ्न  ।सचिवमा धनराज साउद र भुवनेश्वरप्रसाद बोहराको उम्मेदवारी कायम भएको छ । सचिवमा उम्मेदवारी दिएका शैलेन्द्र रोकायाले उम्मेदवारी फिर्ता लिएका छ्न ।

त्यस्तै,सचिव समावेशीमा इन्द्राकुमारी केसी र मुकेश टेर्राको उम्मेदवारी कायम भएको छ । सचिवमा उम्मेदवारी दिएका रमेश परियारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यमा अर्जुनबहादुर सिंह,केशवदत्त भट्ट, कृतबहादुर विष्ट,  दिनेशबहादुर कठायत, पदमबहादुर बोहरा, वासुदेव भट्ट,रमेशकुमार केसी  र सुभाष कठायत उम्मेदवारी कायम भएको छ । यसाघि  ३ महिला सदस्य, १ दलित सदस्य , २ जनजाति सदस्य, १ मधेसी सदस्य र १ अल्पसङ्ख्यक/ अपांग गरि ८ जना निर्विरोध निर्वाचित भइकएका छ्न ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap