धनगढीमा सुदूरपश्चिम महोत्सव भोलीदेखि सुरु हुँदै


लेखक : सुन्दराञ्चल      मंसिर २१, २०८१ मा प्रकाशित     
धनगढीमा सुदूरपश्चिम महोत्सव भोलीदेखि  सुरु हुँदै

मंसिर २१,   कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव शनिबार (भोलि) देखि सुरु हुँदैछ । अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १८ औँ संस्करण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष कुँवरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महोत्सवकोे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताए। व्यवसायिक कृषि प्रर्दशनी,उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको कुँवरले बताए ।

संघले झण्डै ३ करोडको लगानीमा महोत्सव सञ्चालन गरिरहेको हो । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरेर ५ सय ३१ जति स्टलहरु रहने छन् । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap