कस्तो रहनेछ आजको मौसम ?


लेखक : सुन्दराञ्चल      मंसिर २१, २०८१ मा प्रकाशित     
कस्तो रहनेछ आजको मौसम ?

मंसिर २१, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन ।

शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेश लगायत बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap